माधव नेपालको प्रतिक्रिया- नीति तथा कार्यक्रमले धेरै कुरा समेटेको छ (भिडियोसहित)

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रमले गठबन्धन दलहरूको धारणालाई अघि सारेको बताएका छन् । सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले नीति तथा कार्यक्रमले कृषिलाई उच्च प्राथमिकता दिएको बताए । 

ऊर्जा, पर्यटन, शिक्षा र सीप विकासमा पनि जोड दिएको उनले बताए । मंसिरदेखि फागुनसम्ममा संघ र प्रदेशको चुनाव हुने भएकाले बजेट कार्यान्वयनको पक्ष कम हुन सक्ने उनले बताए । नीति तथा कार्यक्रमले जनताको भावना र समस्यालाई सम्बोधन गरेको उनले भनाइ छ । 

नेकपा(एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको नीति तथा कार्यक्रम इतिहासकै सबैभन्दा कमजोर र फितलो भएको टिप्पणी गरे । नीति तथा कार्यक्रम प्रस्तुत हुँदा सत्तापक्षको कसैले पनि ताली नबजाएको उल्लेख गर्दै उनले सत्तापक्षकै समर्थन नभएको दाबी गरे ।

सुझावित समाचार