ई-एग्रिकल्चरले देशमा कृषि क्रान्ति ल्याउने : मन्त्री यादव

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले सूचना प्रविधिको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री यादवले राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको १२औँ दीक्षान्त समारोहमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । 

मन्त्री यादवले दीक्षित विद्यार्थीलाई नेपालमै बसेर कृषि क्षेत्रमा सूचना प्रविधिको प्रयोग गरी नेपाललाई कृषिमा आयातमुखी मुलुकबाट परिवर्तन गरी निर्यातमुखी मुलुकमा परिणत गर्न आव्हान गरे । नेपालमै बसेर अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध संस्थामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि लर्डबुद्धको एपियूसँगको सहकार्यले अवश्य पनि फलदायी हुने कुरामा आशावादी रहेको उनको भनाइ थियो ।

कलेजका अध्यक्ष पंकज जालानले लर्डबुद्ध एजुकेसन फाउन्डेसनले आफ्नो स्थापनाकाल देखि नै अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सूचना प्रविधि र व्यापार व्यवस्थापनजस्ता विषयको पठन–पाठन गर्दै आइरहेकोे बताए । संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको उनको भनाइ थियो । कार्यक्रममा एक सय ५० विद्यार्थी दीक्षित भएका थिए । 

फाउन्डेसनले मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीसँग शैक्षिक सहकार्य गरी नेपालमा मै अन्तरर्राष्ट्रियस्तरको सूचनाप्रविधि र व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तरस्तरको अन्तर्राष्ट्रिय शिक्षा उपलब्ध गराउँदै आएको जनाइएको छ ।

See More On

सुझावित समाचार