ग्लोबल आइएमई क्यापिटलद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिहिबार, २२ असोज, २०८३
डिजिटल संस्करण


काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

चितवनको भरतपुर महानगरपालिका– १० स्थित बोस्टन इन्टरनेसनल कलेजमा आयोजित कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यार्थीलाई धितोपत्र बजार, सेयर लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका उपायबारे व्यावहारिक जानकारी दिइएको थियो।

ग्लोबल आइएमई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व तथा पुँजी बजारको दिगो विकासलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सुझावित समाचार