१० पटक वडाध्यक्ष भएका व्यञ्जनकारले पुन: गराए उम्मेदवारी दर्ता

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

ललितपुर महानगरपालिका– १० को अध्यक्षका लागि नरसिंह व्यञ्जनकारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। ८२ वर्षीय व्यञ्जनकार यसअघि १० पटकसम्म वडाध्यक्ष भएका छन्। उनले वडाध्यक्षमा पहिलो उम्मेदवारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्ता गाराउँदै उनले स्थानीय नागरिकको आग्रहमा पुन: आफू उम्मेदवार भएको बताए। यसअघि नै उनले आफू वडाध्यक्षमा दोहोरिन चाहेको बताउँदै आएका थिए। उनी पहिलोपटक २०२९ सालमा वडाअध्यक्ष निर्वाचित भएका थिए।

सुझावित समाचार