मेयरमा चुनाव लड्न मधेस प्रदेशका कानुनमन्त्री यादव राजीनामा दिने तयारीमा

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न मधेस प्रदेशका एकजना मन्त्री राजीनामा दिने तयारीमा छन्। मधेस प्रदेशको कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री प्रमोदकुमार यादवले राजीनामा दिन लागेका हुन्। नेकपा एकीकृत समाजवादीका सिराहा जिल्ला अध्यक्षसमेत रहेका मन्त्री यादवले राजीनामा दिने तयारीमा रहेको बताए।

नेकपा एकीकृत समाजवादीको सिरहा नगर समितिले सर्वसम्मत रूपमा सिराहा नगरपालिकाको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेपछि मन्त्री यादव राजीनामा दिन जनकपुरधाम पुगेका छन्। छोटो प्रतिक्रिया दिँदै मन्त्री यादवले भने, ‘राजीनामा दिने प्रक्रियामा छु। अहिले छलफल चल्दै छ।’

सुझावित समाचार