नमाज पढिरहेको अवस्थामा आक्रमण हुँदा ८ घाइते

शुक्रबार, ९ बैशाख, २०७९
डिजिटल संस्करण

दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेकाहरूमाथि आक्रमण भएको छ। आज्ञात समूहको आक्रमणबाट ८ जना घाइते भएका छन्। 

स्थानीय  मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको वेला केही व्यक्तिले धारिलो हतियार र इँटा प्रहार गरेका थिए। घटनामा लमही नगरपालिका वडा नं. ५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन्। 

वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार उनको टाउकोमा गहिरोचोट लागेको छ। त्यस्तै सोही ठाउँका ३३ वर्षीय अरसद अली, सबवीर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएका हुन्। शुक्रबार करिब १ बजेतिर उक्त घटना भएको हो।
 

सुझावित समाचार