कांग्रेस कञ्चनपुरका सहसचिव चौधरी माओवादीमा प्रवेश

बिहिबार, ८ बैशाख, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस कञ्चनपुरका सहसचिव पुष्कर चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। कांग्रेस सहसचिवमा निर्वाचित भएको वर्ष दिन नपुग्दै चौधरी पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

बिहीबार माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना गरेको क्रान्तिकारी पार्टी एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा चौधरीसहित माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।
 
कञ्चनपुरका युवा नेता दीपक तिम्सिनाले कांग्रेस सहसचिव चौधरीसहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताए। गत मंसिरमा सम्पन्न भएको कांग्रेस कञ्चनपुरको १४औँ महाधिवेशनमा रमेश लेखक प्यानलबाट ६७४ मत ल्याएर चौधरी दोस्रो वरीयतामा सहसचिव निर्वाचित भएका थिए। यस बारेमा माओवादी प्रवेश गरेका पुष्कर चौधरीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।

सुझावित समाचार