बालबालिकालाई दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

मंगलबार, ६ बैशाख, २०७९
डिजिटल संस्करण
बालबालिकालाई दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

फाइल तस्बिर

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने 

सरकारले ६ र ७ वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकाकालाई जुकाको औषधि खुवाउने तयारी गरेको छ । 

भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

उनका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार  स्वास्थ्यकर्मी परिचालन गरिने छ । वर्षमा दुईपटक पहिलो चरणमा २ र ३ कात्तिक तथा दोस्रो चरणमा ६ र ७ वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ । 

सुझावित समाचार