विशेष अदालतले आगामी वैशाखदेखि अनलाइनबाटै तारेख लिन सकिने व्यवस्था गर्ने भएको छ। विशेषका न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १ गतेदेखि लागू हुने गरी अनलाइनबाटै तारेख लिन सकिने निर्णय गरेको हो।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार आफूलाई पायक पर्ने उच्च अदालत वा जिल्ला अदालतबाट अनलाइन तारेख लिन सकिनेछ। विशेषले सर्वोच्च अदालतबाट जारी ‘सूचना प्रविधिको प्रयोग (अनलाइन)बाट तारेख लिने सम्बन्धमा निर्देशिका, २०७२’ अनुसार यस्तो व्यवस्था गर्न लागिएको जनाएको छ।
