गैरआवासीय नेपाली संघको निर्वाचनको मुद्दामा कारण देखाउ आदेश

सोमबार, ७ चैत, २०७८
डिजिटल संस्करण

उच्च अदालत पाटनले गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न माग गरिएको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश दुर्गाबहादुर विश्वकर्माको एकल इजलासले सोमबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश माग गरिएकोमा छलफलका लागि झिकाउने आदेश गरेको हो।

चिन्तामणि सापकोटालगायतले गैरआवासीय नेपाली संघलगायतलाई विपक्षी बनाई चैत्र २ मा मुद्दा दर्ता गरेका थिए। रिटमा निर्वाचन रोक्न अन्तरिम आदेश माग गरिएको थियो।

सुझावित समाचार