ललितपुरको वडा नं १६ मा महिला उद्यमी मेला हुने

मंगलबार, २४ फागुन, २०७८
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको वडा नं १६ ले महिला उद्यमी मेला आयोजना गर्ने भएको छ। पाटन नागवहाल र इलाननीमा फागुन २७, २८ र २९ गते उक्त मेला आयोजना गर्न लागिएको हो।

महिला दिवसको अवसरमा उक्त मेला आयोजनाकाे घाेषणा गरिएको वडाध्यक्ष निर्मलरत्न शाक्यले जानकारी दिए। उनका अनुसार महिला उद्यमीहरुले तयार पारेका हस्तकलाका सामग्रीहरु मेलामा राखिने छ।

सुझावित समाचार