एक करोड ५० लाखसहित हुन्डी कारोबारी अग्रवाल पक्राउ

सोमबार, २३ फागुन, २०७८
डिजिटल संस्करण

एक करोड ५० लाखसहित हुन्डी कारोबारी अमित अग्रवाल पक्राउ परेका छन् । सिलिगुडी स्थायी घर भएका ३२ वर्षीय अग्रवाललाई काठमाडौं महानगरपालिका– १३ ताहाचलबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका  प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए ।

त्यस्तै, प्रहरीले नक्कली सुनका गहना व्यापार गर्ने २४ वर्षीय बिकी खड्गीलाई कालीमाटीबाट पक्राउ गरेको छ । 

सुझावित समाचार