काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नभएको बताएका छन्। नेपाली कांग्रसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लोकतन्त्र खतरामा रहेको भनेर गलत प्रचार नगर्न आग्रह गरे। उनले भने, ‘लोकतन्त्रमा कुनै खतरा छैन, खतरा भए जनताले जोगाउनेछन्।’ चुनावमा विदेशी चलखेलदेखि सुरक्षा निकायमाथि आरोप लगाएर जनमतको अपमान नगर्न आग्रह गरे।
साथै, सरकार सही बाटोमा अघि बढेको र विषम् परिस्थितिमा सरकार बनेकाले परिणाम देखिन केही समय लागेको उनले बताए। सरकारको विदेश नीति, अर्थ नीतिप्रति शंका नगर्न उनले सबैलाई आग्रह गरेका छन्।
सरकारको कामको जिम्मा प्रधानमन्त्री र पार्टीको काम सभापतिले हेर्ने गरी आफूहरूले फरक अभ्यास गरेको उनको भनाइ छ।