नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्ब प्रत्यारोपण

शनिबार, २१ फागुन, २०७८
डिजिटल संस्करण
नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्ब प्रत्यारोपण

गंगालाल हृदय रोग केन्द्रमा ८० वर्षीया वृद्धाको मुटुको भल्ब फेरेपछि उपचारमा संलग्न चिकित्सक टोली

नेपालमा पहिलोपटक विनाअप्रेसन मुटुको भल्बको सफल प्रत्यारोपण भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभिआई) विधिबाट ८० वर्षीया महिलाको मुटुको भल्ब फेरेको हो ।

टिएभिआई उपचार पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमको तार अर्थात् क्याथरेटरद्वारा मानवनिर्मित भल्ब मुटुभित्र छिराएर रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले भारतका मुटुरोग विशेषज्ञ डा. शाही सतिश नेतृत्वमा अस्पतालको टिमले १६ फागुनमा (सोमबार) सफल प्रत्यारोपण गरेको र महिलालाई तीन दिनमै निको भएर शुक्रबार डिस्चार्ज गरिएको बताए । बिरामीलाई बेहोस पारी छाती चिरेर शल्यक्रिया गर्नुनपर्ने भएकाले यो पद्धतिमा जटिलताहरू पनि कम हुने र बिरामी चाँडै निको हुने उनले बताए । 

सुझावित समाचार