एकै ठाउँमा ७,८२६ केजी गाँजा

मंगलबार, १७ कार्तिक, २०८३
प्रिन्ट संस्करण

उदयपुर- सशस्त्र प्रहरी र नेपाल इन्टेलिजेन्स ब्युरोले एकैपटक एकै ठाउँबाट सात हजार ८२६ केजी ८०० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेको छ ।

आइतबार साँझ उदयपुरको बेलका नगरपालिका– ८ स्थित मैनामैनी–कोशीपुल भित्री सडकखण्डबाट यति ठुलो परिमाणमा गाँजा बरामद गरेको हो । प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

ट्रकचालक फरार छन् । गाँजासहितको ट्रक आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

सुझावित समाचार