व्याख्यात्मक घोषणाले एमसिसीबारेका भ्रम चिर्न ठूलो मद्दत पुर्‍याएको छ : कांग्रेस

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले सरकारले ल्याएको व्याख्यात्मक घोषणाले एमसिसीबारेका भ्रम चिर्न ठूलो मद्दत पुर्याएको जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले एमसिसी सम्झौता पारित गर्न सहयोग पुर्याउने दल तथा सांसदहरूलाई धन्यवाद दिँदै यस्तो जनाएको हो।

'एमसिसी पारित गर्ने सम्बन्धमा गठबन्धनमा रहेका राजनीतिक दलका नेताहरूको सहमतिमा सरकारले ल्याएको व्याख्यात्मक घोषणाले यसका सम्बन्धमा विभिन्न क्षेत्रबाट उठाइएका भ्रम र सन्देहलाई चिर्न ठूलो मद्दत पुर्याएको छ। व्याख्यात्मक घोषणासहित एमसिसी सम्झाैता प्रतिनिधिसभाबाट पारित भएकोमा दातृ राष्ट्र संयुक्त राज्य अमेरिकाले समेत स्वागत गरिसकेको छ। अब एमसिसी अनुदान सहयोगअन्तर्गतका परियोजनाहरू कार्यान्वयनमा जाने सुनिश्चितता भएको छ,' विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार