अनधिकृत रूपमा जहाजभित्र यात्रु प्रवेश गरेकोबारे छानबिन गर्न गृहले बनायो छानबिन समिति

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

त्रिभुवन विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा एक व्यक्ति अनधिकृत रूपमा प्रवेश गरेको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। शुक्रबार मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो।

छानबिन समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। गत सोमबार विमानस्थलको पर्खाल र बार नाघेर एक व्यक्ति अनधिकृत रूपमा नेपाल एयरलाइन्सको जहाजभित्र छिरेका थिए।

सुझावित समाचार