विकासका लागि रकम नपुगे दिन जनता तयार छन्, एमसिसी खारेज होस् : दुर्गा पौडेल (भिडियोसहित)

आइतबार, ८ फागुन, २०७८
डिजिटल संस्करण

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसिसी सम्झौता संसदबाट पारित गर्नुपर्ने कारण माग गरेकी छिन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा उनले विगतमा कुनै पनि सम्झौता संसदबाट पारित नभएको भन्दै संसदबाट पारित गर्नुपर्ने कारण माग गरेकी हुन्।

‘संसदबाटै सम्झौता पारित गर्नुपर्ने कारण के हो ? विगतमा पनि सम्झौता भए। तर, संसदबाट पारित गरिएको थिएन,’ उनले भनिन्। विकासका लागि रकम अपुग भए जनता दिन तयार भएको भन्दै उनले एमसिसी खारेज गर्न माग गरिन्।

‘देश पैसासँग साट्न सकिँदैन, स्वाभिमान पैसासँग साट्न सकिँदैन। एमसिसी खारेज गरियोस्,’ उनले भनिन्, ‘विकासका लागि रकम अपुग भए जनता दिन तयार छन्, तर यस्तो सम्झौता जनताले चाहेका छैनन्। यसलाई फिर्ता पठाउनु र खारेज गर्नु नै देशहितमा हुन्छ।’

सुझावित समाचार