स्थानीय तह निर्वाचन : आयोगले अघि बढायो ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया

बिहिबार, ५ फागुन, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले आगामी वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया अगाडि बढाएको छ। आयोगले मतपत्रका लागि कागजलगायतका निर्वाचन सामग्री किन्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको हो। 

आयोगले विज्ञप्ति जारी गरेर मतपत्र छपाइका लागि आवश्यक पर्ने कागजको स्पेसिफिकेसन र लागत अनुमान स्वीकृत गरी इबिडिङको माध्यमबाट खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ। आयोगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न ५३ प्रकारका निर्वाचन सामग्रीहरूको स्पेसिफिकेसन आयोगबाट स्वीकृत भएको छ।

त्यस्तै आयोगले आयोगमा दर्ता हुने राजनीतिक दलहरूको संख्या एक सय ६ पुगेको जानकारी दिएको छ। आयोगका अनुसार जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी थप तीन दल दर्ता भएको जानकारी दिएको छ। 

यसका साथै जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गर्ने प्रयोजनका लागि न्यायपरिषद्सँग परामर्श गरिएको र फागुन १५ सम्ममा आयोगमा नामावली उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई अनुरोध गरिएको जानकारी दिएको छ। आयोगले १०बुँदे विज्ञप्तिमार्फत फागुन १ देखि ५ गतेसम्मकाे आयोगको तयारीबारे जानकारी गराएको हो।

सुझावित समाचार