नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज एमसिसी टेबल नगर्ने सहमति बनेको छ। माओवादी केन्द्रको संसदीय दलको बैठकपछि बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री देउवाबीच यस्तो सहमति जुटेको हो।
बालुबाटार स्रोतका अनुसार भेटमा आज संसदमा टेबल नगर्ने र भोलि गठबन्धनको निर्णायक बैठक बसेर निर्णय लिने सहमति बनेको हो। गठबन्धनको बैठक भोलि दिउँसो ३ बजेका लागि बोलाइएको छ। भेटमा प्रचण्डले पार्टीको संसदीय दलको निर्णयबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए।
माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसिसी संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकाल्दै जबर्जस्ती संसदमा पेस भए सरकारबाट बाहिरिने निर्णय गरेको थियो।