सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँ कायम भएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ। जसको मूल्य मंगलबार प्रतितोला ९६ हजार दुई रुपैयाँ तोकिएको थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार दुई सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ५४ डलर आसपास कारोबार भइरहेको छ। रासस