विदेश जाने यात्रुलाई ग्लोबल आइएमई बैंकको डलर सटही सुविधा

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ विदेश भ्रमण जाने नेपाली यात्रुलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले अमेरिकी डलर सटही सुविधा दिने भएको छ ।

विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्राअघि नै आफ्ना लागि चाहिने अमेरिकी डलर बैंकका कुनै पनि शाखाबाट सहज रूपमा साट्न सकिने बैंकले जनाएको छ । यो सुविधा उपत्यकाभित्र रहेका बैंकका सबै शाखामा उपलब्ध छ ।

ग्राहकले अनावश्यक झन्झट व्यहोर्नुनपर्ने र प्रक्रिया छिटो तथा सहज रूपमा सम्पन्न गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

विशेषगरी बैंकको पछिल्लो वार्षिक साधारणसभापछि विदेश यात्राका लागि आवश्यक विदेशी मुद्रा सटही सेवाले उच्च प्राथमिकता पाएको बैंकले जनाएको छ । 

सुझावित समाचार