६ जिल्लाका सामुदायिक विद्यालयलाई एनआइसी एसियाको सहयोग

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण

एनआइसी एसिया बैंकले ६ जिल्लाका सामुदायिक विद्यालयलाई पानी शुद्धीकरण प्लान्ट, विद्यालय पोसाक, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । बैंकले गोदावरी नगरपालिका– १, गोदामचौर, ललितपुरस्थित दमाईंटार आधारभूत विद्यालय, नरहरिनाथ गाउँपालिका– ६, कालीकोटस्थित नन्दादेवी माध्यमिक विद्यालय, शिखर नगरपालिका– ५, तिजाली, डोटीस्थित राधाकृष्ण माध्यमिक विद्यालय, बान्नीगढी, जयगढ, अछामस्थित नन्दा माध्यमिक विद्यालय र राष्ट्रभाषा माध्यमिक विद्यालयका साथै गोरखा नगरपालिका– ३, नरेश्वर, गोरखास्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीलाई सहयोग उपलब्ध गराएको हो । 

९९ भन्दा धेरै विद्यार्थी अध्ययनरत दमाईंटार आधारभूत विद्यालयलाई २१ असोजमा पानी शुद्धीकरण प्लान्ट र विद्यालय पोसाक हस्तान्तरण गरिएको छ । त्यसैगरी, चार सय ७२ भन्दा धेरै विद्यार्थी अध्ययनरत नन्दादेवी माध्यमिक विद्यालयलाई १९ असोजमा विद्यालय पोसाक, झोला र अन्य शैक्षिक सामग्री वितरण गरिएको छ ।

त्यसैगरी, तीन सय चारभन्दा धेरै विद्यार्थी अध्ययनरत राधाकृष्ण माध्यमिक विद्यालयलाई १५ असोजमा झोला, एक थान प्रोजेक्टर र शैक्षिक सामग्री वितरण गरिएको छ । एक सय ६२ भन्दा धेरै विद्यार्थी रहेको नन्दा माध्यमिक विद्यालयमा १३ असोजमा दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको छ ।

त्यसैगरी, एक सय ८५ भन्दा धेरै विद्यार्थी अध्ययनरत विन्ध्यवासिनी माध्यमिक विद्यालयमा झोला र शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । 
 

सुझावित समाचार