सभामुखसँग कानुनमन्त्रीको आग्रह– एमसिसी प्रस्ताव टेबुल गरौँ

सभामुख जवाफ– राष्ट्रिय महत्वको विषय भएकाले सदन खोलेपछि टेबुल गर्न सहज हुन्छ

सोमबार, २४ माघ, २०७८
डिजिटल संस्करण

कानुनमन्त्री दिलेन्द्र बडूले एमसिसी टेबुल गर्न सभामुख अग्नि सापकोटासँग आग्रह गरेका छन् । एमसिसी टेबुल भएपछि थप छलफलको वातावरण बन्ने र सदन पनि खुल्ने भन्दै उनले प्रस्ताव अगाडि बढाउन आग्रह गरेका हुन् ।

तर, सभामुख सापकोटाले राष्ट्रिय सरोकार र संसद्मा छलफल गर्नुपर्ने महत्वपूर्ण विषय भएकाले प्रतिपक्षी दलबाट संसद्मा जारी अवरोध खुलाएर मात्र यो विषय अगाडि बढाउन उपयुक्त हुने जवाफ दिएका छन् ।

‘राष्ट्रिय सहमति खोजौँ, जनस्तरबाट उठेका प्रश्नको निरुपण गरौँ र संसद्मा छलफल हुने वातावरण बनाऊँ । त्यसपछि कुनै पनि मुद्दा अगाडि बढाउन समस्या हुँदैन,’ सभामुखको भनाइ थियो ।

सुझावित समाचार