३५ लाख ६८ हजार ठगी गर्ने महर्जन पक्राउ

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

नेपाल प्रहरीले ३५ लाख ६८ हजार रुपैयाँ ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौंको कालीमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा जम्मा गरेको निक्षेप रकम फिर्ता नदिई ठगी गर्ने काठमाडौं स्वयम्भूका ४८ वर्षीय पञ्चमान महर्जनलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले निक्षेपकर्ताको रकम सम्बन्धित व्यक्तिलाई नदिई सो संस्थाका पदाधिकारी एवं सञ्चालकलाई आर्थिक लाभ हुने गरी जग्गा खरिद गरी ठगी गरेकाले सो संस्थाका लेखा समितिका संयोजकसमेत रहेका महर्जनलाई पक्राउ गरिएको जानकारी दिए।

काठमाडौं जिल्ला अदालतको ०७३ असार १९ गतेको फैसलाअनुसार महर्जनलाई ६ महिना कैद सजाय र बिगोबमोजिम ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। पक्राउ महर्जनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेस गरिएको प्रवक्ता महतोले बताए। रासस

सुझावित समाचार