रुसमा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

रुसमा पछिल्लो २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस संक्रमणदर सबैभन्दा धेरै भएको बताइएको छ। यहाँ बिहीबार अघिल्लो २४ घन्टायता एक लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण देखा परेको छ। यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। 

यस अवधिमा यहाँ कम्तीमा पनि ६ सय ६५ जनाको ज्यान गएको बताइएको छ। रुसमा अहिलेसम्ममा तीन लाख ३३ हजार तीन सय ५७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। यहाँ पछिल्लो समय कोभिडका संक्रमितहरूको संख्या बढेको पाइएको छ। संक्रमणबाट सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ।

अहिले देखिएका संक्रमितहरूमा पनि सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन्। यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका लहरको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। रासस/सिन्ह्वा

सुझावित समाचार