सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेर ९२ हजार पाँच सय रुपैयाँमा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँ तोकिएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार आठ सय ६ डलर आसपास कारोबार भइरहेको छ। रासस