ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

मंगलबार, २० असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) पदमा दीपचन्द्र रेग्मी बढुवा भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले रेग्मीलाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट बढुवा गर्ने निर्णय गरेको हो।

सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्। उनले बैंकको प्रमुख वित्तीय अधिकृत (सिएफओ), प्रमुख मानव संसाधन अधिकृत (सिएचआरओ), प्रमुख कर्जा अधिकृत (सिएलओ) तथा ट्रेड फाइनान्स प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। 

रेग्मी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षसमेत हुन्। उनले थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) तथा डेनमार्कको कोपेनहेगन बिजनेस स्कुलबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेका छन्।

सुझावित समाचार