सुदूरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात

शुक्रबार, २१ माघ, २०७८
डिजिटल संस्करण

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हिमपात सुरु भएको छ। बिहीबार अपराह्नदेखि प्रदेशका डडेल्धुरा, बैतडी, बझाङ र डोटीका पहाडी क्षेत्रमा हिमपात भइरहेको छ। डडेल्धुराको साहुखर्क, डोटीको हगुल्टे लेक, बैतडीको खोड्पे, सतबाँझ, बझाङको देउलेक शिरिभाबरलगायतका क्षेत्रमा भारी हिमपात भइरहेको स्थानीय प्रशासनले जनाएका छन्।

वर्षा र हिमपातले अत्यधिक चिसो बढ्दा घरबाट बाहिर निस्कन समस्या भइरहेको स्थानीयले जनाएका छन्। डडेल्धुरा जिल्ला सदरमुकाम खलंगा, बागबजार, तुफानडाँडालगायतका क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो।

हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।कैलाली–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिका–मेलखर्कदेखि गन्यापधुरा गाउँपालिका– १ को हगुल्टे, साहुखर्कसम्मको सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए।

See More On

सुझावित समाचार