बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

बिहिबार, २० माघ, २०७८
डिजिटल संस्करण

सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९२ हजार सात सय रुपैयाँ पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९१ हजार सात सय रुपैयाँ तोकिएको थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार आठ सय ६ डलर आसपास कारोबार भइरहेको छ। रासस

सुझावित समाचार