हनुमाननगर कंकालिनी नगरपालिकाका आयोजनामा अख्तियारको छानबिन

बिहिबार, १३ माघ, २०७८
डिजिटल संस्करण

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा सञ्चालित योजनाहरूमा अनियमितता भएको भन्दै व्यापक उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। सोही क्रममा बुधबार आयोगको प्राविधिकसहितको एक टोलीले योजनाहरूको स्थलगत अनुगमन गरेको छ भने निर्माण सम्पन्न भइसकेका केही सडक र नालाहरूको गुणस्तरीय परीक्षण गर्न ‘सेम्पल’समेत लगेका छन्।

‘धेरै उजुरी आएसँगै आयोगका प्राविधिकसहितको टोलीले स्थलगत अनुगमनका साथै हनुमाननगर कंकालिनी नगरपालिका– ६ मा निर्माण भएका सडक र नालाको सेम्पल कलेक्सन गरिएको छ,’ आयोगका सूचना अधिकारी देवप्रसाद अधिकारीले भने, ‘अन्य प्रक्रियाहरू अघि बढाइएको छ ।’ उता, नगरपालिकाका इन्जिनियर अशोककुमार सिंहले आयोगका टोलीले पिसिसी ढलान सडकको सेम्पल लगेको बताए। उनका अनुसार सो सडकको फाइलहरू अघि नै आयोगले लगिसकेका छन्।
 

सुझावित समाचार