सिंहदरबार प्रवेशमा कडाइ, सबै प्रवेश पास खारेज (विज्ञप्तिसहित)

बुधबार, २८ पुष, २०७८
डिजिटल संस्करण

कोभिड १९ ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिम बढेको भन्दै गृह मन्त्रालयले सिंहदरबार परिसरभित्र प्रवेशमा कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयलगायतबाट जारी भएका सबै प्रकारका स्थायी अस्थायी पास, अस्थायी परिचयपत्र खारेज गर्ने भएकाे छ । 

अस्थायी वा स्थायी परिचयपत्र बनाउनुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै जारी गर्ने निर्णय गरेको छ । सूचना विभागबाट जारी भएको पास भएका पत्रकारहरू मात्र सिंहदरबारभित्र प्रवेश गर्न पाउनेछन् ।

 

सुझावित समाचार