सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण

सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन रोक लगाएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले उक्त निर्णय गरेको हो। यसबाहेक स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि गृह मन्त्रालयले निर्देशन दिएको छ। त्यस्तै, माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रदायक कार्यालय, होटेल, सिनेमा हललगायत ठाउँमा जाँदा खोप लगाएको प्रमाण अनिवार्य रूपमा देखाउनुपर्ने निर्णय पनि सिसिएमसिसीले गरेको छ। 

यसबाहेक –राजनीतिक, प्रशासनिक र सामाजिक कार्यक्रममा अनावश्यक भिडभाड नगर्न पनि निर्देशन जारी गरिएको छ। नियमित कार्यक्रम भने स्थानीय प्रशासनको अनुमतिमा सञ्चालन गर्न पाइनेछ। उक्त नियमको निगरानी तथा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिइएको छ। 
 

सुझावित समाचार