माओवादीका तीन आयोगमा पुरानै नेतृत्व सर्वसम्मत

आइतबार, १८ पुष, २०७८
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट तीन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। आइतबार बन्दसत्रले साबिककै अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरूलाई अनुमोदन गरेको हो। 

यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरूलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्षमण्डलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मत पारित गरेको छ। केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा रहेका छन्। ३ वटै आयोग २५ सदस्यीय छन्। आयोगका सदस्यहरूलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ।
 

सुझावित समाचार