लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झाले मधेस आन्दोलनका माग अझै सम्बोधन हुन नसकेको बताएका छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले संविधानमा सबैथोक भएको, तर केही पनि नभएको टिप्पणी गरे।
‘यो संविधानमा सबैथोक छ, तर केही पनि छैन। हामी त्यसका लागि मधेस आन्दोलन गर्यौँ, तर त्यो आन्दोलनका माग अझै सम्बोधन हुन सकेको छैन,’ उनले भने। उनले संविधान संशोधनलगायतका विषयमा माओवादीले पहल गर्ने विश्वास गरे। माओवादी जनयुद्ध र त्यसका नेताहरूलाई आफूहरू र तत्कालीन नेता जगेन्द्रनारायण सिंहले कहिल्यै पनि ‘आतंककारी’ नभनेको स्मरण गरे।