विचार मात्र होइन राष्ट्रियता बलियो बनाऊँ : महामन्त्री शाही (भिडियो)

आइतबार, ११ पुष, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले राष्ट्रियता बलियो बनाउनुपर्ने बताएकी छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा जनताले चाहेका विषयमा छलफल गर्न आग्रह गरिन्। 

विचार र वादहरू फरक भए पनि देश पहिले हुने उनको धारणा थियो। विचार मात्र होइन, राष्ट्रियता बलियो बनाउनुपर्ने उनको धारणा थियो। बलियो अर्थतन्त्र र राष्ट्रियता बलियो बनाउन सबै जना जुट्नुपर्ने उनले बताइन्। युवाहरूलाई देशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनुपर्ने उनले बताइन्।

सुझावित समाचार