प्रधानन्यायाधीशबारे निकास खोज्न महान्यायाधिवक्ता खातीको आग्रह

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण

महान्यायाधिवक्ता खम्बबहादुर खातीले प्रधानन्यायाधीशको सन्दर्भमा निकास खोज्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा बिहीबार बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले संसद् बोलाएर वा सर्वदलीय बैठक बोलाएर भए पनि प्रधानन्यायाधीशबारे विवादमा निकास दिनुपर्ने धारणा राखे। 'प्रधानन्यायाधीशको सन्दर्भमा म प्रधानमन्त्रीलाई निकास खोज्न अनुरोध गर्दछु। सर्वदलीय बैठक बसेर पनि यसलाई प्रधानमन्त्रीज्यूले निकास दिनुपर्छ,' खातीले भने।

देशमा धेरै  कानुनहरू कोठामा बसेर बनाउने गरिएको भन्दै उनले विज्ञहरू राखेर कानुन निर्माण गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।

सुझावित समाचार