रानीपोखरी महानगरलाई हस्तान्तरण

बिहिबार, ८ पुष, २०७८
डिजिटल संस्करण

ऐतिहासिक रानीपोखरीको स्वामित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिहीबार पोखरीको स्वामित्व काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमार्फत हस्तान्तरण गरेको हो।

०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरीको पुनर्निर्माण कार्य ०७६ कात्तिकमा सकिएको थियो। त्यतिवेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट पोखरी उद्घाटन गरिएको थियो। प्राधिकरणले झन्डै २५ करोड लागतमा तीन वर्षको अवधिमा रानीपोखरी पुनर्निर्माण कार्य सकाएको थियो। पोखरी पुनर्निर्माण सकिए पनि महानगरपालिकालाई हस्तान्तरण गरिएको थिएन। आजदेखि भने रानीपोखरीको सम्पूर्ण संरक्षण दायित्व काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको हो।

सुझावित समाचार