वैशाख २० मा स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

बुधबार, ७ पुष, २०७८
डिजिटल संस्करण

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाखमा गर्ने तयारी गरेको छ । ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गर्ने तयारीमा जुटेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।  

निर्वाचन आयोगले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँगको कार्यशाला गोष्ठीमा बुधबार थपलियाले निर्वाचन तयारीबारे जानकारी दिएका हुन् । 

उनले स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएको बताए । ताजा जनादेशका साथ समयमा नै जनप्रतिनिधि दिने विषयमा आयोग गम्भीर रहेको उनको भनाइ छ । 

थपलियाले अब आउने निर्वाचन समावेशी दृष्टिकोणले उपयुक्त हुने पनि बताए । गोष्ठीमा २६ जना पत्रकार महिला सहभागी छन् ।

सुझावित समाचार