एमसिसीबारे शंकर पोखरेल भन्छन्– दृष्टिकोण बनाउन नसक्नेलाई सरकारमा बस्ने अधिकार छैन

सोमबार, ५ पुष, २०७८
डिजिटल संस्करण

एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले एमसिसीबारे दृष्टिकोण  बनाउन नसकेको टिप्पणी गरेका छन्। सोमबार घोराहीमा प्रेस चौतारी दाङको नवौँ अधिवेशनलाई उद्घाटन गर्दै महासचिव पोखरेलले गठबन्धन सरकारले एमसिसीबारे धारणा बनाउन प्रतिपक्षको आस गरिरहेको भन्दै आफूले धारणा बनाउन नसक्ने भए सरकारमा बसिरहन नहुने बताएका हुन्।

‘हरेक नयाँ मुद्दाहरू आउँछन्, गठबन्धन निर्णय गर्न सक्दैन। एमसिसीबारे सरकारको दृष्टिकोण  के हो ? ऊ प्रतिपक्षसँग आस गरेर बस्छ,’ उनले भने, ‘जब सरकारले दृष्टिकोण बनाउन सक्दैन भने त्यसलाई सरकारमा रहन नैतिक अधिकार छ ? राष्ट्रियताको मामिलामा दृष्टिकोण  बनाउन नसक्ने गठबन्धन प्रतिपक्षमाथि आस गर्ने खालको नेतृत्व छ भने त्यसले समाजको नेतृत्व कसरी गर्न सक्छ ?’

सत्तागठबन्धनलाई जनमतको आदेशविरुद्धको गठबन्धनको संज्ञा दिँदै उनले नियोजित स्वार्थका लागि गठबन्धन बनेको आरोप लगाए।

सुझावित समाचार