कांग्रेस सभापति पदको मतगणना सुरु, तीन ठाउँमा गनिँदै

मंगलबार, २८ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु भएको छ । दोस्रो चरणको मतदानको गणना तीन ठाउँबाट सुरु गरिएको निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए । 

दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान मंगलबार भएको हो । 

दोस्रो चरणमा ४५ सय ६३ मत खसेको छ । सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा ७६ मत बदर भएको थियो। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ। पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।

See More On

सुझावित समाचार