काठमाडौं महानगरभित्र साढे सात लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाभित्र सात लाख ६८ हजार ६६६ जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ। गत वर्षदेखि सुरु गरिएको खोप कार्यक्रममा अधिकांश महानगरवासी सहभागी भएको महानगरले जनाएको छ।

खोप लगाउनेमध्ये करिब ५० प्रतिशत महिला छन्। हालसम्म तीन लाख ७९ हजार ४३ महिला र तीन लाख ८९ हजार ६ सय १७ पुरुषले खोप लगाएका महानगरले जनाएको छ। खोप लगाउन छुटेकाहरूलाई छिट्टै खोपको व्यवस्था गरिने बताइएको छ ।

सुझावित समाचार