लिङ्देनको जितपछि निधिको प्रतिक्रिया-नेपाली राजनीतिमा पुस्तान्तरणको प्रक्रिया प्रारम्भ भयो

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनको जितलाई लिएर नेपाली राजनीतिमा पुस्तान्तरणको प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएका छन्। नवनिवर्नचित अध्यक्ष लिङ्देनलाई शुभकामना दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रक्रिया प्रारम्भ भएको सन्देश दिएको छ,’उनको शुभकामना सन्देशमा भनिएको। उपसभापति निधिले लिङ्देनको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली र संविधानको सफल कार्यान्वयनमा राप्रपाले सहयोग पु–याउने विश्वास व्यक्त गरेका छन्।

सुझावित समाचार