लिङ्देनसँग पराजित भएपछि कमल थापाको आरोप : पूर्वराजाले हस्तक्षेप गरे

आइतबार, १९ मंसिर, २०७८
डिजिटल संस्करण

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले ट्विट गर्दै मुलुक गणतन्त्रमय भएका बेला आफूले राजतन्त्रको झण्डा बोकेको पुरस्कार अहिले राजाले दिएको टिप्पणि गरेका छन्। 

थापाले भनेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’ उनले लिङ्देन विजयी भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुभकामना समेत दिएका छन्।

सुझावित समाचार