पाँचौँ चरणकाे आन्दाेलनको मोडलबारे छलफलका लागि बार बैठक बस्दै

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले पाँचौँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। बारले आज आन्दाेलनको मोडलबारे छलफल गरी नयाँ कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आन्दोलनका मोडलबारे छलफलका लागि आज दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएकाे बताए। ‘दिउँसो ३ बजे बैठक बसेर यसबारे टुंगो लगाउनेछौँ,’ अध्यक्ष श्रेष्ठले नयाँ पत्रिकासँग भने।

सुझावित समाचार