कांग्रेस उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनमा सभापतिमा उठ्नुपर्नाको कारण सार्वजनिक गरेका छन् । निधिले सभापतिमा उठ्नुपर्नाको कारण सोमबार बुँदागत रूपमा सार्वजनिक गरेका हुन्। उनले वैचारिक रूपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेसको नारा अघि सारेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने कांग्रेस बनाउने उद्घोष निधिले गरेका छन् ।
निधिले अघि सारेका बुँदा
आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउन,
नेपाली कांग्रेसमा रूपान्तरण, पुस्ता हस्तान्तरण र पुस्तान्तरणमा सहजीकरण गर्न,
नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली कांग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराई नेतृत्व विकास गर्न,
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, मिश्रित निर्वाचन, धर्मनिरपेक्षता, अहिंसा र शान्तिका मान्यतासहित बनेको संविधान र प्रणालीलाई जनताको हित एवं चाहनाअनुसार सफल कार्यान्वयन गर्न,
जनतामा संघीय लोकतान्त्रिक गणतन्त्र र त्यस प्रणालीको परिणाम तथा सुशासनको अनुभूति दिलाउन,
देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेस, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्न,
जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, थारू, खस–आर्य, अल्पसंख्यक, अपांगता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिंगीलगायत सबैलाई सम्मानका साथ नेपाली कांग्रेसमा सक्रिय गराउन र समुदायका बीच सद्भाव कायम गर्न,
भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउन,
नेपाली कांग्रेसमा रहेर योगदान गर्नुभएका अग्रजहरूको सम्मान, सहिदहरूको स्मृतिसम्मान, समकालीन साथीहरूको संरक्षण र नयाँ पुस्ताको विकास तथा प्रवर्धनका साथ कांग्रेसलाई गतिशील र व्यवस्थित पार्टीको रूपमा विकसित गर्न,
लोकतान्त्रिक आन्दोलनका सहिदहरू, सहिद परिवार, घाइते र विस्थापित हुनुभएका नेपाली कांग्रेसका साथीहरूलाई उचित सम्मान गर्न र हिंसापीडित पार्टीका साथीहरूलाई न्याय प्रदान गर्न,
नेपाली कांग्रेसका सदस्य साथीहरूलाई उद्यमशील, कर्मशील, आत्मनिर्भर र स्वरोजगार बनाउन,
पार्टीका सदस्यहरूमा पठनपाठन संस्कृतिको विकास गरी वडा तहदेखि जिल्ला तहमा समेत कांग्रेस पुस्तकालय स्थापना गरी पार्टी साहित्यलाई सम्पूर्ण तहमा पुर्याउन,
संविधानमा उल्लेख भएका तर कार्यान्वयन हुन नसकेका नेपाल प्रहरी र निजामती सेवासम्बन्धी प्रदेशको अधिकार स्थापित गर्न तथा भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशहरूमा सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गराउनका लागि,
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानलाई संस्थागत विकास गरी अनुसन्धानलाई महत्व दिँदै सूचना प्रविधिको प्रयोगसमेतलाई समावेश गरी वडा तहसम्म प्रशिक्षण गर्न,
नेपाली कांग्रेसको केन्द्रसहित सबै तहका सचिवालयलाई चुस्त र व्यवस्थित गर्न,
पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरूलाई ऐक्यबद्ध रूपमा पार्टीको लक्ष्यउन्मुख गराउन,
विशेषगरी युवाहरूलाई आत्मसम्मानका साथ पार्टीमा सक्रिय हुने र रहने वातावरण विकास गर्न
सम्पूर्ण तहका साथीहरू र सबै तहका कार्यक्रमहरूको अभिलेखीकरण र मूल्यांकन गरी नेपाली कांग्रेसभित्र अन्याय हुन नदिन तथा विभेदको अन्त्य गरी बन्धुत्वपूर्ण संस्कृति विकास गर्न,
संविधान संशोधनको विषयमा पार्टीको आधिकारिक निर्णयलाई कार्यान्वयन गराउनका लागि,
सोसलिस्ट इन्टरनेसनलसहित नेपाली कांग्रेसले समान विचारधारा र नेपालको हित चाहने विभिन्न देशका राजनीतिक दलहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकसित गर्न,
छिमेकी मित्र राष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई थप मजबुत बनाउन र नेपालका सहयोगी अन्य सबै राष्ट्रहरूसँग सुमधुर सम्बन्ध विकास गर्न,
जनतासँग कांग्रेस र कांग्रेससँग जनतालाई साँचो अर्थमा आबद्ध गर्न,
मतदातासँग रूख चिह्न र रूख चिह्नसँग मतदातालाई बलियोसँग जोड्न ।
निधिले दिए सभापतिमा उठ्नुपर्नाको कारण
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…
सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन
काठमाडौं/ भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डव…
चोलेन्द्रलाई सहयोग गर्न खोज्दा आफ्नै जागिर गुमाए एआइजी दाहालले
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरामाथि सरकारले अनुसन्धान थालेपछि उनलाई सहयोग गर्न खोज्दा सशस्त्र प्रहरीका एआइजी व…
एआइजी दाहालमाथि जाँचबुझ सकियो, के होला कारबाही ?
काठमाडौं । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ पूरा भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई…
बिहीबार १० बजेसम्मका १० समाचार
बुढानीलकण्ठबाट २० केजीभन्दा धेरै सुन बरामद प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उ…