नेपाल प्रहरीका डिआइजी र एसएसपीको सरुवा, काठमाडौं परिसरमा सुदीप गिरी

आइतबार, ५ मंसिर, २०७८
डिजिटल संस्करण

गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीको सरुवा भएको छ । 

त्यस्तै, काठमाडौं र ललितपुर परिसरका एसएसपी पनि फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबविनोद पोखरेललाई पठाइएको छ । काठमाडौं परिसरका एसएसपी सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ ।

सुझावित समाचार