देशभरका उच्च अदालतमा आन्दोलन गर्ने तय भइसक्यो : बार अध्यक्ष श्रेष्ठ

शुक्रबार, ३ मंसिर, २०७८
डिजिटल संस्करण
देशभरका उच्च अदालतमा आन्दोलन गर्ने तय भइसक्यो : बार अध्यक्ष श्रेष्ठ

तस्बिर : संजित परियार

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले देशभरका सबै उच्च अदालतमा आन्दोलन गर्ने तय भइसकेको बताएका छन्। बारको तेस्रो चरको आन्दोलनको अन्तिम दिनको विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले १८ वटै उच्च अदालतमा आन्दोलनका कार्यक्रम तय भइसकेको बताएका हुन्।

बारका ९० वटै इकाइबाट आन्दोलनमा सहभागी हुने सुझावका आधारमा आन्दोलनलाई सशक्त बनाउन लागिएको बताए। ‘देशभरका १८ उच्च अदालतमा आन्दोलन गर्ने कार्यक्रम तय भइसकेको छ,’ बार अध्यक्ष श्रेष्ठले भने, ‘भ्रष्टाचारी र बिचौलिया भएको ठाउँमा कर्मचारी र न्यायकर्मीले काम गर्न सक्दैनन्।’

सुझावित समाचार