आवाज दबाउन लाठी र बुट प्रयोग गरियो : बार उपाध्यक्ष बस्याल

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले लाठी र बुटको प्रयोग गरेर आफूहरूको आवाजलाई दबाउन खोजिएको टिप्पणी गरेकी छिन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग राख्दै विगत दुई हप्ताभन्दा बढी समयदेखि निरन्तर आन्दोलनरत कानुन व्यवसायीहरूमाथि बिहीबार सर्वोच्च अदालतमा प्रहरीले धरपकड गरेको घटनाप्रति टिप्पणी गर्दै उनले यस्तो बताएकी हुन्।

प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा केही कानुन व्यवसायी घाइते भएपछि नेपाल बारको आकस्मिक बैठक बसेको थियो। बैठकपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष बस्यालले भनिन्, ‘कलम र कागज बोकेर गएका कानुन व्यवसायीले एसएलआर सहनुपर्यो। आवाजलाई दबाउन लाठी र बुट प्रयोग गरियो। हामीले व्यक्तिको विरुद्धमा आन्दोलन गरेका होइनौँ, सर्वोच्चका बाधकका रूपमा रहेका जबराको राजीनामा मागेका हौँ।’ 

बिहीबारको प्रदर्शनमा  प्रहरीले बल प्रयोग गर्दा नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत  घाइते भएका थिए।  
 

सुझावित समाचार