नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विकल्प नभएको जवाफ दिएकाे छ। प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका हुन्।
आज बिहान मात्र प्रधानन्यायाधीश जबराले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका थिए। धर्नापछि बार परिसरमा आयोजित विरोध सभामा उक्त प्रस्तावको जवाफ दिँदै बार अध्यक्ष श्रेष्ठले भने, ‘हामी वार्तामा बस्दैनौँ। तत्काल प्रधानन्यायाधीले राजीनामा दिनुपर्छ।’